opera tunes


फागुनको तेस्रो साता नायक निखिल उप्रेती र नायिका सञ्चिता लुईंटेल लापत्ता भएको खबरले चलचित्र क्षेत्रमा सनसनी मच्चायो । उनीहरू कहाँ गए र के गर्दैछन् भन्ने शंकामा अखबार रंगिरहे । दुई वर्षदेखि उनीहरूको प्रेम सम्बन्धको गाईंगुईं हुनु र एकाएक दुवै जना बेपत्ता हुनुले 'कराउनु र हराउनु'को पुरानो नेपाली उखानको स्मरण गरायो । तर, कुरो शंकामा सीमित रहेन । भर्खरै बाबु बनेका निखिल र केही समयअघि आफ्ना पतिसँग एकतर्फी सन्बन्धविच्छेद गरेर बसेकी सञ्चिताले चैतको पहिलो साता विवाह नै गरेको पुष्टि गर्‍यो चलचित्र क्षेत्रले । पारविारकि स्रोतका अनुसार, उनीहरू हाल मुम्बईमा छन् ।निखिलले धादिङकी कोपिला उप्रेती र सञ्चिताले काठमाडौँका आकाश साहसँग आठ वर्षअघि विवाह गरेका थिए । रोचक पक्ष के छ भने यी दुवै जोडीले उतिबेला पनि प्रेमविवाह गरेका थिए । तर, ती दुवै जोडीबीचको खटपट धेरैअघिदेखि नै कानेखुसी हँुदै चर्चासम्ममा पुगेको थियो ।नेपाली चलचित्र वृत्तमा श्रीमान्/श्रीमतीबीचको खटपट बाक्लै गरी सार्वजनिक हुने गर्छन् । सम्बन्धविच्छेद हुनु र जोडिनुलाई खासै अनौठो मानिँदैन । बहुविवाह गर्ने चलचित्रकर्मीको लामो पंक्तिले यस कुरालाई पुष्टि गर्छ । यो सवालमा नायक/नायिका मात्र होइन, निर्माता निर्देशक, लेखक र प्राविधिकहरूको फेहरस्ित पनि लामो छ । विवाह पहिलो भए पनि निकै नायिकाहरू कान्छी श्रीमतीका रूपमा भित्रिएका छन् । नेपाली कलाकर्मीलाई स्वदेशीले हम्मेसी जीवनसाथी रोज्दैनन् । उनीहरूलाई यस्तो आरोप पनि लाग्ने गरेको छ । उनीहरूका विदेशी जीवनसाथीले यस कुराको प्रमाण दिएझैँ लाग्छ । जस्तो सारंगा श्रेष्ठका अमेरकिी, सीपी लोहनी, विपना थापा, सनी रौनियारका भारतीय, आकाश अधिकारीका इटालियन, रूपा रानाका जापानी जीवनसाथी छन् । नेपाली नागरकि नै भए पनि विदेशमा बसेका हुन्छन् उनीहरूका जीवनसाथी । यसको अब्बल उदाहरण हुन्, जल शाह र सज्जा मैनाली । यी दुवै नायिकाका पति अमेरकिामा बसोबास गर्दै आएका छन् । बहुविवाहमा३० वर्षभन्दा लामो वैवाहिक जीवनमा पूर्णविराम लगाए तीन छोरीका बाबु शिव श्रेष्ठले । उनकी पूर्वश्रीमती गंगा धेरैअघिदेखि देशबाहिर छन् । शिवले आठ वर्षअघि कान्छी श्रीमती भित्र्याएका हुन् ।नायक भुवन केसी पनि दुई श्रीमतीका श्रीमान् हुन् । उनकी जेठी श्रीमती विजया अमेरकिामा बसोबास गर्छिन् । कान्छी सुस्िमताचाहिँ उनीसँगै छन् । भुवनको रमाइलो पक्ष के हो भने उनले कान्छी सुस्िमतासँग पनि कानुनी रूपमा सम्बन्धविच्छेद गरेका थिए । यसरी सम्बन्धविच्छेद गरेर हाल सँगै बस्नेमा नायिका रञ्जना शर्मा र निर्देशक श्याम भट्टराईको जोडी पनि रहेको छ । केही वर्षको प्रेमविवाहलाई उनीहरूले यसै वर्ष कानुनी रूपमा पूर्णविराम लगाएका थिए । तर, त्यसको केही समयपछि नै उनीहरूले नयाँ सम्झौता गरेर वैवाहिक जीवन सुचारु गरेका छन् ।नायक दिनेश शर्माले नायिका सोनिया मल्लसँग प्रेमविवाह गरेका थिए । तर, त्यो सम्बन्ध धेरैलाई रहेन । हाल सोनिया देशबाहिर छन् । सोनियासँगको सम्बन्धविच्छेद हुनुअघि नै दिनेशले नाम नचलेकी अर्की एक कलाकारलाई जीवनसाथी बनाइसकेका थिए । पाका नायक कृष्ण मल्लले पनि बहुविवाह गरेका हुन् । नायिका शर्मिला मल्ल उनकी कान्छी श्रीमती हुन् । कृष्ण र शर्मिलाबीच प्रेमविवाह भएको हो । निर्माता तथा निर्देशक सुरेन्द्र शाहले कान्छी श्रीमतीका रूपमा भित्र्याएका छन्, नायिका सिर्जना बस्नेतलाई । निर्माता पति बिजु रञ्जितको मृत्युपछि सिर्जनाले एकल जीवन गुजार्दै आएकी थिइन् ।बहुविवाह गरेबापत केही चलचित्रकर्मीले सजाय पनि भोगेका छन् । जस्तो- नायकद्वय दिनेश शर्मा र विशाल विष्टले केही रात हनुमानढोकाको चिसो छिँडीमा बिताउनु पर्‍यो । नायिका पूजा चन्दले पनि पूर्वपति सुरज चन्दलाई प्रहरी खोरको हावा खुवाइन् । पतिपत्नी कलाकारको झगडा इजलासहरूमा कम, सञ्चारजगत्मा बढी पोखिने गरेको पाइन्छ ।कारण थपिँदो उदारतानेपाली चलचित्रमा धेरै हल्लाहरू सार्वजनिक हुन्छन् । रोचक पक्ष त के भने ती हल्लाहरू नै वास्तविकतामा परण्िात भइदिन्छन् । यस वर्ष अपत्यारलिा लाग्ने केही हल्लाहरू आए र सत्य सावित भए । कतिपय घटना अनौठा छन् । यस कुराको सुरुवात गरनि् नायिका नम्रता श्रेष्ठले । प्रेमी डिजे तान्त्रिकसँगको यौन भिडियो सार्वजनिक भए पनि नम्रताले यसलाई अनौठो मानिनन् । बरु, भिडियो हेर्ने दर्शकलाई भाग्यमानीको संज्ञा दिइन् उनले । अविवाहित नम्रता हाल सार्वजनिक रूपमा निर्धक्कसँग हिँडिरहेकी मात्र छैनन्, विभिन्न उत्पादनहरूको ब्रान्ड एम्बेसडर हुँदै आएकी छन् । उनले नयाँ चलचित्र पनि पाइसकेकी छन् । नम्रताको भिडियो सार्वजनिक भइरहँदा अर्की नायिका पूजा लामाको पनि यसै प्रकृतिको भिडियो सार्वजनिक भयो । यसपटक रोचक के भयो भने भिडियोमा देखिएका तन्नेरीसँगै तत्कालै उनले विवाहसमेत गरनि् । अर्को रमाइलो गरनि् नायिका रञ्जना शर्माले । उनले विवाह विच्छेद मात्र गरनिन्, केही समयपछि फेर िविवाह पनि गरनि् उनै विच्छेदमा परेका निर्देशक श्याम भट्टराईसँग । विवाहेत्तर सम्बन्धमा रमेका नायिका पनि छन् चलचित्र क्षेत्रमा । उनीहरूले न त कानुनी रूपमा विवाह गरेका छन्, न समाजलाई नै बताउन सक्छन् । यस्तो सम्बन्ध राख्नेमा मध्यम रूपमा चर्चामा आएका दुई नायिका छन् । चलचित्रकर्मीहरू नै यसलाई उदारताको चरम नमुना मान्छन् । निर्माता तथा नायक शोभीत बस्नेत भन्छन्, "मन मिल्छ र त्यसले समाजलाई कुनै असर गर्दैन भने त्यस्तो सम्बन्धलाई नराम्रो मान्न हुँदैन ।""नाम होस् बदनाम होस् तर गुमनाम नहोस् ।" चलचित्रकर्मीहरूबीच लोकपि्रय यो भनाइलाई उनीहरूले व्यवहारमा पनि उतार्ने गर्छन् । बेलाबेलामा हुने स्क्यान्डल यसैको प्रमाण हो । एकताका नायिका सारंगा श्रेष्ठले भनेकी थिइन्, "भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होला ।" सारंगाको डेढ दशकअघि सार्वजनिक यस भनाइले अहिले पनि सुन्नेलाई कुरीकुरी लगाइदिन्छ । तर, उसैबेला पनि चलचित्र क्षेत्र नलजाएको बताउँछन् निर्देशक प्रकाश साय्मि ।

Categories:

Leave a Reply