
फागुनको तेस्रो साता नायक निखिल उप्रेती र नायिका सञ्चिता लुईंटेल लापत्ता भएको खबरले चलचित्र क्षेत्रमा सनसनी मच्चायो । उनीहरू कहाँ गए र के गर्दैछन् भन्ने शंकामा अखबार रंगिरहे । दुई वर्षदेखि उनीहरूको प्रेम सम्बन्धको गाईंगुईं हुनु र एकाएक दुवै जना बेपत्ता हुनुले 'कराउनु र हराउनु'को पुरानो नेपाली उखानको स्मरण गरायो । तर, कुरो शंकामा सीमित रहेन । भर्खरै बाबु बनेका निखिल र केही समयअघि